Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सुनचाँदी प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


26
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार भने सुनको मूल्य बढेको छ।

गत शुक्रबार तोलामा दुई हजार सात सय रूपैयाँले बढेको सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी शुक्रबार तोलामा चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार एक सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।