काठमाडौं । अर्जेन्टिना स्विट्जरल्याण्डलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाकाे क्यान्सस सिटी स्टेडियममा आइतबार भएकाे खेलमा अर्जेन्टिनाले ३-१ गाेल अन्तरले स्विट्जरल्याण्डलाई पराजित गरेकाे हाे । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर,जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरेका थिए। अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरेका हुन्। लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याएका हुन् । बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाएका थिए।
निर्धारित समयमा १-१ गाेलको बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २-१ मा पुर्याएका छन् । खेलको १ सय २१ औँ मिनेटमा मार्टिनेजको गोलपछि स्थिति ३-१ गाेलमा पुग्यो ।
अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग सामना गर्ने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्