काठमाडौं । माैसम पूर्वानुमान महाशखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको हाे। आइतबार बिहान देशैभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, आइतबार दिउँसो भने देशैभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना रहेकाे हाे। देशका पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ।
कोशी, बागमती, गण्डकी.मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यसैगरी आइतबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने भएकाे हाे । कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे ।
मधेश, कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी. कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशको तराई भू-भागको केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हाे ।
कोशी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्