Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको इरानको घोषणा

अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहने उल्लेख

26
Shares

काठमाडौं । इरानले हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ ।

इरानले स्वीकृत समुद्री मार्गभन्दा बाहिर सञ्चालन भएको एक जहाजलाई रोकेर कारबाही गरिएको दावी गरेको हाे । इरानले अमेरिकी हस्तक्षेप कायम रहेसम्म जलमार्ग बन्द रहने आइतबार जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सको नौसेनाले एक विज्ञप्ति जारी गर्दै समुद्री सुरक्षा जोखिममा पार्ने उद्देश्यले आफ्नो ट्रयाकिङ प्रणाली बन्द गरेको एक जहाजलाई नियन्त्रणमा लिएको जनाएकाे हाे । यद्यपि, उक्त जहाजको परिचय सार्वजनिक गरिएको छैन ।

आईआरजीसीले केही जहाजहरूले स्वीकृत मार्गको सट्टा अनाधिकृत मार्ग प्रयोग गरेर जलमार्ग पार गर्ने प्रयास गरेका थिए । चेतावनी दिँदा समेत ती जहाजहरूले मार्ग परिवर्तन नगरेपछि कारबाही गरिएको दावी गरिएको छ । जारी विज्ञप्तिमा हर्मुज जलमार्ग अर्को सूचना नभएसम्म तथा यस क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहने उल्लेख गरिएको छ ।

आईआरजीसीले इरानविरुद्ध हुने कुनै पनि सैन्य आक्रामक गतिविधिको कडा जवाफ दिइने चेतावनी दिएको हाे । यदि थप आक्रमण भए क्षेत्रमा रहेका शत्रु पक्षका नयाँ सैन्य अड्डाहरूलाई पनि निसाना बनाइने जारी विज्ञप्तिमा भनिएको छ