Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


विद्यार्थी संगठनले काठमाडाैंमा गरे गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन (तस्बिरसहित)


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको माईतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले माईतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरेका हुन् । त्रिपुरेश्वरमा बिहीबार दिउँसाे मुगुका गणेश नेपालीले नगर प्रहरीले बाइकमा ह्वील लक लगाएको र १० हजार जरिबाना मागको भन्दै आत्मदाहको प्रयास गरेका थिए । वीर अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो । उनको निधनपछि देशका विभिन्न स्थानमा उनलाई न्याय दिन माग गर्दै प्रदर्शन भइरहेका छन् ।

माईतीघरमा पुगेका अखिलका विद्यार्थीहरुले कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट, सुकुम्बासीमाथिको बर्बर राज्य आतंक बन्द गर, हत्यारा सरकार मुर्दावाद, प्रधानमन्त्रीज्यु नहेर्ने, नसुन्ने, नबोल्ने ? महंगी बढाएर नागरिकको जीवनको मूल्य घटाउँदैछस् सरकार, बेरोजगार युवालाई बाच्न दे सरकार, मलाई बोल्ने दे सरकार, लोकप्रियताले मात्रै शासन सत्ता चल्दैन, नागरिकको लाश सरकारको विकास नाम लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।