Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद्ः उपनेता पराजुली


13
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्नुभयाे ।

यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ। उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवैले समाज र नागरिकप्रति बढी जिम्मेवार भएर काम गर्नुपर्ने समेत बताउनुभयो ।