काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक आयोगका सिफारिस एवं वार्षिक प्रतिवेदनहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जावफ दिँदै मन्त्री गौतमले यस्तो प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले विभिन्न संवैधानिक आयोगहरुले गरेका सिफारिस एवं वार्षिक प्रतिवेदनहरुको अध्यययन गर्ने कार्य भइरहेको समेत बताउनुभएकाे छ।
उहाँले आयोगका केही सिफारिसहरु कार्यान्वयनको लागि आवश्यक कानून बनाउनुपर्ने तथा केही व्यवहारिक सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसमा सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री गौतमले आयोगहरुसँग सम्बन्धित विषयहरुको छलफल संसदीय समितिमा केन्द्रित गर्नुपर्नेमा समेत जोड दिनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्