Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


गत २४ घण्टामा २ हजार ७६ जना सवारीचालक कारबाहीमा

राज्यकोषमा १९ लाख ७१ हजार ५ सय रूपैयाँ बढी राजस्व संकलन

13
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलले साेही जरिवानासहितको कारबाहीबाट राज्यकोषमा १९ लाख ७१ हजार ५ सय ९ रुपैयाँ राजस्व दाखिला भएको जनाउकाे हाे । कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय २९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय २६ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय ८९ जनालाई कारबाही गरिएको छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ३९, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २४, सडक पुथपाथ पार्किङमा ८५, एकतर्फीमा ५९ र अन्य सवारी नियम फालना नगरेका एक हजार १ सय ५७ जना रहेकाे ट्राफिक प्रहरी जनाएको हाे ।