Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


साउन अन्तिम साता ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने, ४० भन्दा बढी नयाँ ब्रान्ड लन्च गरिने


78
Shares

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ।

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी एक्स्पो दाबी गरिएको यस प्रदर्शनीमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादनहरू लन्च पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू, प्रविधि र मोबिलिटीसँग सम्बन्धित अन्य सेवाहरू समावेश हुनेछन् ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले संस्थाको मिसन अनुसार एक्स्पोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप तथा तालिमका लागि छुट्याइने जानकारी दिनुभयो।

मनसुन र अपाङ्गता भएका व्यक्तिहरूको सहजतालाई ध्यानमा राखेर प्रदर्शनीस्थलको व्यवस्थापन गरिने अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले बताउनुभयो।

एक्स्पोमा नेपाल पुलिस क्लबको अडिटोरियम हलमा निःशुल्क ’लर्निङ सेसन’हरू समेत सञ्चालन हुनेछन्। ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक (को–स्पोन्सर) रहेको यस कार्यक्रममा पठाओ र युनियन पेले राइड तथा बैंकिङ पार्टनरका रूपमा विशेष सुविधा दिनेछन्।