Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


२१ सय ७६ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकाेषमा १० लाख ६२ हजार रूपैयाँ राजस्व संकलन

26
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा गत २४ घण्टामा दुई हजार १ सय ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलले कारबाहीबाट राज्यकाेषमा १० लाख ६२ हजार रूपैयाँ राजस्व संकलन भएकाे जनाएकाे हाे। ट्राफिक प्रहरीले कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १, सङ्केत बत्ती उल्लङ्लनकर्ता १ सय ५९ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेपमा २ सय २ जना रहेकाे बताएकाे छ।

साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १०, सडक पुथपाथ पार्किङमा १ सय १०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेकाे प्रहरीले बताएकाे हाे।