Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


प्रतिनिधि सभाकाे बैठक आज बस्दै (कार्य-सूचीसहित)


65
Shares

काठमाडौं । संघीय संसद्‌ अन्तर्गत प्रतिनिधिसभा बैठक साेमबार बस्दैछ ।

संसद सचिवालयले सिंहदबारमा बैठक साेमबार बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक–२०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक–२०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक साँस्कृति सम्पदा (संरक्षण)–२०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे छ।

यता, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सचिवालयले जनाएकाे हाे।