Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


राष्ट्रिय चिया लिलाम बजारको स्थापना तत्काल गर्न सरकारसँग सांसद अर्यालकाे माग


0
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्ताे माग गर्नुभएको हो । सांसद अर्यालले सरकारले उक्त बजार स्थापना नगरेको कारण नै नेपालको चियाको प्रवद्र्धन अन्तराष्ट्रिय बजार हुन नसकेको तथ्य समेत औंल्याउनुभयो । उहाँले चियाँ निर्यात सम्बन्धि उचित कानूनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराउनुभएकाे छ ।

सांसद अर्यालले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यस सम्बन्धि उचित नीतिहरु निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।