काठमाडौं । शैक्षिक क्षेत्रकै प्रतिक्षित कार्यक्रम ‘केआईईसी अल नेपाल रोडसो २०२६’ देशभर सफलतापूर्वक सम्पन्न भएको छ। जुन १० देखि २९ सम्म सञ्चालन भएको रोडसो बिर्तामोड, पोखरा, चितवन, दाङ, नेपालगञ्ज, धनगढी हुँदै काठमाडौंमा ग्राण्ड फिनालेका साथ सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र दक्षिण कोरियाका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटेर अध्ययन, भिसा प्रक्रिया र छात्रवृत्तिबारे परामर्श लिएका थिए।
आयोजकका अनुसार देशभरका केआईईसी शाखाहरूमा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको यस रोडसोले गुणस्तरीय शैक्षिक परामर्शप्रति केआईईसीप्रतिको विश्वासलाई थप मजबुत बनाएको छ।









प्रतिक्रिया दिनुहोस्