Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई सभामुख अर्यालकाे निर्देशन

अभिमुखिकरण कार्यक्रममा सबै सांसदहरुको उपस्थिति नभएकोप्रति असन्तुष्टि व्यक्त

13
Shares

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

संघीय संसद सचिवालयले सिंहदरबारमा सोमबारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे । सभामुख अर्यालले लाखौं नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदहरुले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने स्पष्ट पार्नुभयाे ।

सांसदहरुबीच राम्रो कानून बनाउने कुरा रराम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको समेत बताउनुभएकाे छ । सांसदहरुको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरुले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालले बताउनुभयाे । उहाँले उक्त अभिमुखिकरण कार्यक्रमबाट सिकेर सांसदहरुले आफनो भूमिकालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नुभएकाे छ।

सभामुख अर्यालले साेही अभिमुखिकरण कार्यक्रममा सबै सांसदहरुको उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।