Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपालका शीर्ष कम्युनिष्ट नेताहरू जेनजी आन्दोलनपछि आज पहिलो पटक एउटै मञ्चमा देखिंदै

वामपन्थी मोर्चाबन्दी र एकताको प्रयास थालिएको विश्लेषण

52
Shares

काठमाडाैं । नेपालका शीर्ष वामपन्थी नेताहरु गत भदौ २३ र २४ गतेको जेनजेजी आन्दोलनपछि पहिलो पटक आइतबार एउटै मञ्चमा देखिने भएका छन् ।

नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको ७५ औं जन्मोत्सव आइतबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाउन लागिएकाे हाे । साेही अवसरमा आइतबार काठमाडौंमा आयोजना हुन लागेको कार्यक्रमममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् ।

मदन भण्डारी फाउण्डेशनले पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा नेपालका शीर्ष वामपन्थी नेतालाई एउटै मञ्च शेयर गर्ने अवसर जुटाएको हो । कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनुहुने भएकाे छ। पछिल्लो समय गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्यको निर्वाचनमा व्यहोर्नुपरेको राजनीतिक क्षतिपछि कम्युनिस्ट पार्टीहरूबीच पुनः एकताको बहसले तीव्रता पाएको हाे ।

विशेषगरी पूर्वराष्ट्रपति भण्डारीको भित्री सक्रियतामा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच एकता गराउने कसरत चलिरहेको पृष्ठभूमिमा यो संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।