Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


फिफा विश्वकप फुटबलमा इंग्ल्याण्डको पानामामाथि सहज जित


26
Shares

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इंग्ल्यान्ड पानामालाई पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको खेलमा इंग्ल्यान्डले पानामालाई २–० गाेल अन्तरले पराजित गरेकाे हाे । इंग्ल्यान्डलाई जित दिलाउन जुड बेलिङघम र ह्यारी केनले १–१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै पाँच मिनेटको अन्तरालमा दुई गोल गरेको थियो ।

खेलको ६२ औं मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै ६७ औं मिनेटमा कप्तान ह्यारी केनले बेलिङघमकै पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

याे गोलसँगै केन विश्वकपमा इंग्ल्यान्डका लागि सबै भन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी समेत बनेका छन् ।