Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भेनेजुएला भूकम्पपीडितका लागि नेयमारद्वारा ३ करोड ५ लाख सहयोग


3.4k
Shares

काठमाडौं । ब्राजिली फुटबल स्टार नेयमार जुनियरले विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलाका नागरिकहरूको सहयोगका लागि २ लाख ५० हजार अमेरिकी डलर (करिब ३ करोड ५ लाख नेपाली रुपैयाँ) प्रदान गरेका छन् ।

नेयमारका काकाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत उक्त जानकारी सार्वजनिक गर्दै शताब्दीकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको र हजारौं मानिस बेपत्ता भएको अवस्थामा नेयमारले पीडितहरूको राहतका लागि आर्थिक सहयोग गरेको बताउनुभएकाे छ ।

उक्त सहयोग रकम उद्धार तथा आपतकालीन राहत कार्यक्रममार्फत प्रभावित नागरिकहरूलाई खाना, शुद्ध पिउने पानी, चिकित्सा सामग्री, अस्थायी आश्रय तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन प्रयोग गरिने जनाइएको छ।

सहयोगबारे प्रतिक्रिया दिँदै नेयमारले भनेका छन्, “मेरो हृदय भेनेजुएलाका जनतासँग छ। यो सहयोगले अकल्पनीय पीडाबाट गुज्रिरहेका परिवारहरूलाई केही शक्ति दिनेछ र उनीहरूको दुःख कम गर्न मद्दत पुग्नेछ भन्ने आशा गरेको छु।”