Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


स्रोत तथा साधनको अभावका कारण अपेक्षित नतिजा हात पार्न सकिएन: प्रहरी महानिरीक्षक कार्की


26
Shares

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले श्रोत तथा साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पार्नुभएको छ ।

लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले यस्ताे बताउनुभएको हो । नेपाल प्रहरीको विभिन्न विभागहरु थप्ने काम भएपनि त्यसलाई साधन तथा स्रोतले सम्पन्न बनाउनुपर्ने बताउनुभएकाे छ । महानिरीक्षक कार्कीले नेपाल प्रहरी सुरक्षित, स्वस्थ र लागू औषधरहित समाज निर्माणमासदैव प्रतिवद्ध रहि आएको पनि बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले लागूऔषध नियन्त्रणमा तीन वटै प्रमुख स्तम्भहरु रोकथाम, नियन्त्रण र पुनस्थापनाको क्षेत्रमा निरन्तर सक्रियता, सतर्कता तथा प्रतिवद्धता प्रहरीहरुको क्रियाकलापले प्रतिबिम्बित गरेको उल्लेख गर्नुभएकाे छ। त्यसलाई आगामी दिन अझै बढी सक्रियताका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले लागूऔषधमा फसेकाहरुलाई उपचारसहितको सुधारका लागि पोखरामा पनि पुनःस्थापना केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो ।