काठमाडौं । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यहि असार १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ ।
सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च (घर भाडा) बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता नम्बरसहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्ने भएको छ । यसअघि समितिले यहि असार १२ गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेको थियो ।
तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखेर समय सीमा थप गरेको हो ।









प्रतिक्रिया दिनुहोस्