
काठमाडौं, असोज १२ । १५औं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता यही असोज १९ र २० गते हुने भएको छ ।
नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा काठमाडौंमा हुने प्रतियोगितामा करिब ४०० खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो प्रतियोगिताको पहिलो दिन ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि तौल समूहको प्रि–जगिङ हुनेछ । जसबाट हरेक समूहका ६–६ जना खेलाडी फाइनल राउन्डमा पुग्नेछन् । फाइनल राउन्ड दोस्रो दिन हुनेछ ।
विजेताले पाँच लाख, उपविजेताले दुई लाख तथा तेस्रो हुने खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, चौथोले ९० हजार, पाँचौंले ८० हजार, छैटौंले ७५ हजार, सातौं हुनेले ६० हजार रुपैयाँ पाउनेछन् ।
तौल समूहको दोस्रोले २५ हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको आकर्षण बढाउन दुईपटकका मिस्टर वर्ल्ड, मिस्टर युनिभर्स र मिस्टर इन्डिया संग्राम चउगुले विशेष अतिथिकारुपमा रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्