काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अनावश्यक हस्तक्षेप भएको भन्दै नेपाली फुटबललाई निलम्बन गरेको हो । फिफा काउन्सिल ब्यूरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
जसले अरु खेलकुद गतिविधि पनि प्रभावित हुने भएका छन् । विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका हुन् । एन्फा पटक-पटक विवादित र निलम्बनमा पर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्