काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बिहान ९ बजेदेखि शुरू हुने भनिएको मतदान लम्बिने भएको छ ।
९९ जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्म रास्वपाकाे निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन । खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ । तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको प्राविधिक नवराज पाण्डेले जानकारी दिनुभयाे।
मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने आयोगले जनाएकाे छ । ९९ केन्द्रीय सदस्य पदका लागि ४ सय बढीको उम्मेदवारी परेको छ । मतदाता करिब ४५ सयको हाराहारीमा छन्। यदि सबैले मतदान गरे भए करिब १५ देखि बढीमा २० घण्टासम्म लाग्ने आयोगले जनाएकाे हाे । आयोगले मतदानका लागि दुई वटा प्रक्रिया अवलम्बन गरेको ।
प्रवासका लागि एपबाट हुनेछ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ । पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुने भएकाे हाे । रास्वपामा १९ पदाधिकारी र १ सय ५१ सदस्य केन्द्रीय समितिको व्यवस्था छ । रास्वपाले मतदानको लागि राम-लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ ।
मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको आयोगले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्