काठमाडाैं । सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाएकाे हो ।
पौडी खेल्ने क्रममा खोलामा डुबेका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो । अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।
त्यस्तै, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको प्रहरीले बताएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्