Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


संघीय संसदका दुवै सदनबाट ४ अध्यादेश स्वीकृत

अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

0
Shares

काठमाडाैं । प्रतिनिधि र राष्ट्रियसभाको शुक्रबारको बैठकबाट ४ वटा अध्यादेश स्वीकृत भएको छ ।

सरकारले संघीय संसद्को चालू अधिवेशन शुरू हुनु अगाडि आठ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गत वैशाख २८ गते प्रतिनिधि र राष्ट्रियसभामा पेश भएका थिए ।

प्रतिनिधि र राष्ट्रियसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

राष्ट्रियसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति छैन । तर राष्ट्रियसभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको हाे ।