काठमाडाैं । काठमाडाैं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार सभापति लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो । इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको छ ।
इजलासले सभापति लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा सभापति लामिछानेसहित छविलाल जोशी र जीबी राईसमेतलाई विपक्षी बनाइएको थियो ।
यसअघि पर्सा र रुपन्देही अदालतले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्