Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


जग्गाको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न प्रतिवद्ध: मन्त्री रावल

ऐनको दफा २६ (घ) बमोजिम आधा जग्गा मोहिको हुने कानूनी सुनिश्चित

0
Shares

काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले प्रचलित कानून बमोजिम भूमि सुधारका कार्यहरू भइरहेको बताउनुभएकाे हाे। मन्त्री रावलले किसानको हित संरक्षणका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ ले २०२१ मंसिर १ गतेसम्म मोहि जनिएका व्यक्तिहरूलाई मोहि कायम गर्ने व्यवस्था गरेको स्पष्ट पार्नुभयो । सोही ऐनको दफा २६ (घ) बमोजिम आधा जग्गा मोहिको हुने कानूनी सुनिश्चितता रहेको बताउनुभएकाे छ।

मन्त्री रावलले सांसदले उठाएका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र सोही सम्बन्धमा आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले उल्लेखित जिल्लाका समस्याका सम्बन्धमा केही दिनभित्रै विस्तृत रिपोर्टसहित जानकारी गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ।