Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे


13
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

बिहीबार तोलामा एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला १० हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार तोलामा चार हजार ६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार एक सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।