Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


सुनचाँदीको मूल्य फेरि घट्याे


0
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य सामान्य घटेको छ।

बुधबार तोलामा एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार तोलामा चार हजार ९ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार तीन सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।