
फाइल तस्विर
काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्डमा एकतर्फी रूपमा गाडीहरू सञ्चालन भइरहेका छन् ।
बुधबार राति तुइन खोलामा पहिरो खसेपछि सडक केहीबेर अवरुद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो । पहिरो हटाए पनि बेलाबेला ढुङ्गा खस्ने गरेकाले सडक एकतर्फी खुलेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीले अहिले गाडीहरू आलोपालो चलिरहेकाे र जामको समस्या नभएकाे बताएकाे हाे।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा समयसमयमा सुख्खा पहिरो र ढुङ्गा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।









प्रतिक्रिया दिनुहोस्