Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


प्रधानमन्त्री शाहले विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने विपक्षी राजनीतिक दलको चेतावनी

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणले द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास

78
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सदनमा आएर प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा दिएको आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बाेल्दै नेकपाका सांसद प्रवेश हमालले यस्ताे चेतावनी दिनुभएकाे हाे । प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्नुभयाे । उहाँले त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने बताउनुभएकाे छ । सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरुको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हाे भन्दै प्रश्न समेत गर्नुभयो ।….

सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।