Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कोशी र बागमतीसहित देशका ५ प्रदेशमा आज दिउँसाेदेखि मध्यम वर्षा र हिमपात हुने


13
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान कोशी, बागमती र मधेश प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, मंगलबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा पनि आंशिक बादल लाग्ने भएकाे हाे । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे हाे ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा पनि मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यसैगरी मंगलबार राति भने देशको हिमाली तथा पहाडी भू-भागका साथै कोशी प्रदेशका तराईमा आंशिक बादल लाग्ने भएकाे छ। अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे छ।

कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।