काठमाडाैं । राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए) को आयोजनमा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिकाले महिलातर्फ उपाधि जितेका हुन् । च्याम्पियन दुवैले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसैगरी पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भएका थिए ।
महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भएका छन् । दोस्रो भएका दुवै खेलाडीले समान २० हजार र तेस्रो भएका दुवै खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
त्यस्तै, महिला र पुरुष दुवैमा शीर्ष तीन हात पार्ने खेलाडीले गेयर पार्टनर पेलियट नेपालले झन्डै एक लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । काठमाडाैं स्पोट्र्स क्लाइम्बिङ सेन्टरमा भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडी सहभागि भएका थिए ।
एनसीएसएका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्