Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बालेन सरकार लामाे समयसम्म टिक्दैन : धवलशमशेर राणा


234
Shares

काठमाडाैं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयूलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गर्नुभएको छ । बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठीरहेको उहाँको जिकिर थियो ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती

नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उहाँले बताउनु भयो । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो बालेन सरकार पनि के होला, कसो होला ? भन्ने यो सय दिन नपुग्दै तमाम प्रश्न चिन्हहरु उठिसके ।

तमाम गल्तीहरु गरिसके । यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन् । त्यो विकल्प भनेको एमाले, काँग्रेस, माओवादी र राप्रपा पनि होइन । त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ । त्यो विकल्प हाम्रो पार्टीले दिनेछ । हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ ।’ नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गर्नुभयो ।