काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो । नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बन्नुभएको भन्दै दुर्गा प्रसाईले गर्ने पनि बताउनुभयो ।
राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनुभएको, ब्राण्ड हुनु भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उहाँको भनाई थियो । नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताउनुभयो ।
नेता राणाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डालाई इमान्दारिताका साथ अघि नबढाएकाले आफूहरुले नयाँ पार्टी स्थापना गर्नुपर्ने अवस्था आएको जिकिर पनि गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्