Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


घानाको काठ उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुग्यो

आर्थिक लाभ लिन वृक्षारोपणका कार्यक्रमहरू अगाडि बढाउन सरकारकाे तीव्रता

91
Shares

एजेन्सी । घाना, सन् २०२५ मा घानामा काठ र काष्ठजन्य सामग्रीको कूल उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुगेको छ ।

घानाको वन आयोगले एक तथ्याङ्क सार्वजनिक गर्दै काठ र काष्ठजन्य सामग्रीको कूल उत्पादनकाे जानकारी गराएकाे हाे ।आयोगका मुख्य कार्यकारी ह्यु ब्राउनले ट्री फर लाइफ पुनः वृक्षारोपण अभियान २०२६ को शुरुमा क्रममा उत्पादित काठको निर्यात र स्थानीय आपूर्तिसहित कूल बजार मूल्य करिब २६ करोड अमेरिकी डलर बराबर रहेको बताउनुभयाे । ६४ लाख हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रले घानाको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएकाे छ।

तथ्याङ्क अनुसार घानाको कूल जनसंख्याको करिब २० प्रतिशत हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीविकोपार्जन खाद्यान्न र स्वास्थ्य आवश्यकताका लागि वनमै निर्भर रहेको हाे । वन स्रोतको दोहन भइरहँदा वन क्षेत्रको दिगोपन सुनिश्चित गर्न र अर्थतन्त्रमा यसको योगदान कायम राख्न सरकारले सन् २०२५ देखि नै विशेष अभियान शुरु गरेको उहाँले बताउनुभयो ।

सोही अवसरमा बोल्दै मुख्य कार्यकारी ब्राउनले ‘सन् २०२५ मा मुलुकभरका २३ हजार ६ सय हेक्टर विनाश भएका र उजाड वन क्षेत्रमा वृक्षारोपण तथा पुनस्र्थापनाका कार्यहरू सम्पन्न भएकाे बताउनुभएकाे छ । हालै गरिएको एक सर्वेक्षणअनुसार, हाई फरेस्ट क्षेत्रमा रोपिएका बिरुवाहरूको जीवित रहने दर ६५ देखि ८५ प्रतिशत र उत्तरी सवाना क्षेत्रमा ४० देखि ७८ प्रतिशतसम्म पाइएको उहाँकाे भनाइ थियाे ।

मुलुकको वन क्षेत्रलाई संरक्षण गर्दै आर्थिक लाभ लिन सरकारले वृक्षारोपणका कार्यक्रमहरूलाई तीव्रता दिएको आयोगले जनाएको छ ।