Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


एशियन गेम्स क्रिकेट छनाेटको पुरूषतर्फ नेपालले सेमिफाइनलमा ओमानसँग सामना गर्ने

एशियन गेम्स क्रिकेटमा हङकङकाे ओमानमाथि शानदार जित

0
Shares

काठमाडाैं । एशियन गेम्स क्रिकेट छनाेटको पुरुषतर्फको छनोटमा नेपालले सेमिफाइनलमा ओमानसँग सामना गर्ने भएकाे छ।

सिंगापुरमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा शुक्रबार हङकङले ओमानलाई १ सय ५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो । नेपाल र मलेसिया समूह ‘ए’ बाट तथा हङकङ र ओमान समूह ‘बी’ बाट विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपालले ओमान र मलेसियाले हङकङसँग सेमिफाइनलमा खेल्ने भएका छन् । दुवै सेमिफाइनलका खेल यहि जेठ २४ गते हुने भएकाे हाे । नेपालले समूह ‘ए’ को विजेता बन्नेक्रममा आफ्नो पहिलो खेलमा चीनलाई २ सय २१ रनले र दोस्रो खेलमा हिजो मलेसियालाई १ सय ६७ रनले पराजित गरेको थियो ।