Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


प्रकृतिकी अप्सरा रानीसेन (भिडियाे रिपोर्ट)


0
Shares

जनक बोहरा, बाजुरा । बाजुरा र हुम्ला जिल्लाको सिमानालाई लिएर पछिल्लो समय विवाद बढिरहेको छ । विवादको केन्द्र बनेको साईपाल हिमालको आधार शिबिर रानी सैन प्रकृतिले दिएको एक अनुपम उपहार हो ।

धर्तीको स्वर्ग झैं लाग्ने यो ठाउँलाई सिमा विवादको परिधीभन्दा माथि उठाएर आकर्षक पर्यकटीय गन्तब्य बनाउनुपर्ने आवश्यकता छ । समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको रानीसैन चौंरीको वासस्थान मात्रै नभएर घोडा र भेडा बाख्राहरुको ताँती लाग्ने क्षेत्र हो ।

साइपाल हिमालको फेदीलाई पहिला स्थानीयले रानीखर्क भन्ने गरेपनि अहिले यो ठाउँ आफ्नो अलौकिक सुन्दरताका कारण रानीसेनका रूपमा चर्चीत छ । वरिपरि हिमाल र हरियो जङ्गलले घेरिएको यो उपत्यका समथर पाटन, सुन्दर हिमताल, अप्सराको कपाल जस्तै बग्ने झरना र सैपालबाट खस्ने हिउँपहिरोको संगमस्थल हो । यार्सागुम्बा, पाँचऔँले र जटामसी जस्ता बहुमूल्य जडीबुटीको भण्डार मानिने यो क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ ।

यति सुन्दर हुँदाहुँदै पनि रानीसैन ओझेलमा परेको छ । भौगोलिक विकटता र प्रचारप्रसारको कमीले गर्दा यहाँ पर्यटकको उपस्थिति न्यून छ । गाउँपालिकाको केन्द्र धुलाचौरबाट यहाँ पुग्न कम्तीमा दुई दिनको कठिन पैदल यात्रा गर्नुपर्छ ।