काठमाडाैं । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलको प्रमुखमा एसएसपी विष्णुप्रसाद जोशीलाई नियुक्त गरेको छ।
यसअघि कार्यवाहक नगर प्रहरी प्रमुख रहेका एसपी जोशी (वरिष्ठ उपरीक्षक) एसएसपीमा बढुवा भएसँगै नगर प्रहरी बलको प्रमुख पदमा नियुक्त भएका हुन्।
बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे। कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिती रहेको थियो।
यसअघिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे राजनीतिमा लागेपछि सो पद रिक्त थियो। पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी काठमाडौँ–३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्।










प्रतिक्रिया दिनुहोस्