Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


नगर प्रहरी भनेको काठमाडौं महानगरको जस्तो हुनुपर्छ भन्नेगरी काम गर्नुस्: सुनिता डंगोल


247
Shares

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्नेगरी काम गर्न निर्देशन दिएकी छन् ।

महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिइन् । नगर प्रहरी काठमाडौं महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै उनले नगर प्रहरीको कार्यशैली र व्यवहारले महानगरपालिकाको छवि निर्धारण गर्ने बताइन् ।

बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिंदै डंगोलले सडक, फुटपाथ, सडकपेटी अतिक्रमण तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी राख्न आग्रह गरिन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरु अक्षरशः पालन गर्ने बताइन् ।

उनले महानगर प्रहरी ऐन कार्यान्वयनमा आएको उल्लेख गर्दै अब प्रहरीको वृत्तिविकासमा पनि ध्यान दिन महानगरलाई आग्रह गरिन् । कार्यक्रममा महानगरले नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको छ ।