विवेक भण्डारी, नवलपुर । क्षमता भएर पनि अवसरको अभावमा ओझेलमा परेका ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडी पहिचानका लागि नवलपुरका स्थानीय तहहरूले सक्रियता बढाएका छन् ।
नवलपुरको देवचुली नगरपालिकाले नगर खेलकुद विकास समितिको आयोजनामा विशेष खेलकुद प्रशिक्षण अभियान शुरु गरेको छ । देवचुली नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरूलाई समेटेर दुई स्थानमा फुटबल, क्रिकेट र भलिबलको नियमित प्रशिक्षण दिइँदै छ ।
मैदानमै ओर्लिएर योग्य प्रशिक्षकहरूले बालबालिकालाई खेलका आधारभूत सीप, नियम र रणनीति सिकाइरहेका छन् । पछिल्लो समय बालबालिकाहरू मोबाइल फोनमा बढी व्यस्त हुने र शारीरिक रूपमा निष्क्रिय बन्ने प्रवृत्ति बढेको समयमा प्रशिक्षण सुरु गरेपछि बालबालिकाहरु खेलतर्फ आकर्षित भएका छन् । अभिभावकहरू पनि उत्साहका साथ आफ्ना छोराछोरीलाई मैदानसम्म पठाउन थालेका छन् ।










प्रतिक्रिया दिनुहोस्