काठमाडाैं । सरकारले निजामती कर्मचारीहरूको तलब करिब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रूपैयाँमाथि कायम हुने बताउनुभएकाे हाे । बिगत ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिएनुभएकाे छ।
शुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको शुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्