Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बिदाई


13
Shares

काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान)ले सिङ्गापुरमा हुने एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बिदाई गरेकाे छ ।

क्यानले काठमाडाैंमा बिहीबार एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली टोलीको बिदाई गरेको हो । यहि जेठ २५ गतेसम्म चल्ने प्रतियाेगितामा ८ वटा देश सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित मलेशिया र चीन छन् । समूह ‘बी’ मा आयाेजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन रहेका हुन् ।

दुवै समूहको शीर्ष दुईमा रहने टोली एशियाली खेलकुदमा छनाेट हुनेछन् । आइतबार उद्घाटन खेलमा चीनसँगै खेल्दै नेपालले प्रतियाेगिताकाे शुरुवात गर्ने भएकाे हाे । क्यानले प्रतियाेगिताका लागि दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे छ ।

Skip This