काठमाडौं ।
नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अपर्याप्त रहेको निष्कर्ष निकालेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन अपर्याप्त र अपुरो रहेको बताउनु भएको हो ।
तर भदौ २३ गतेको आन्दोलनमा राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनाहरूमा आयोगले किटान गरेका सांसद, व्यक्ति वा निकायउपर विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाउन पनि कांग्रेसले माग गरेको छ । विज्ञप्तिमा आयोगको प्रतिवेदनबारे सरकारको भने आधिकारिक धारणा पनि मागिएको छ ।
हंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको ब्यक्ति संलग्न भए पनि कानुनको दृष्टिमा पक्षपातपूर्ण व्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएकाहरुका परिवार तथा घाइते नागरिकलाई न्याय, उचित राहत र पुनस्र्थापनाको समूचित प्रबन्ध गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्