Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


सामसुङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक


455
Shares

काठमाडाैं । सामसुङले नयाँ “अपग्रेड टु ग्यालेक्सी” अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार पुरानो मोबाइलको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाइनेछ। साथै आकर्षक छुट, किस्ता सुविधा र विशेष टेलिकम अफर पनि उपलब्ध गराइएको छ।

ग्राहकले २४ महिनासम्म EMI मा मोबाइल खरिद गर्न सक्नेछन् भने केही योजनामा डाउन पेमेन्ट पनि आवश्यक नपर्ने कम्पनीले जनाएको छ। सामसुङ प्रयोगकर्ताले एनसेलको बेसिक डाटा प्याक खरिद गर्दा अतिरिक्त डाटा बोनस पनि पाउनेछन्।

यस अफरमा सामसुङ ग्यालेक्सी S26 Series, सामसुङ ग्यालेक्सी A57 5G र सामसुङ ग्यालेक्सी A37 5G स्मार्टफोन समावेश छन्।

यो मे २७ देखि जुन ३० सम्म चल्ने यो सीमित अवधिको योजना देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।