Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


युक्रेनी कलेजमा रूसको कब्जापछि १० जनाको मृत्यु


1.2k
Shares

काठमाडाैं । पूर्वी युक्रेनको रूसी कब्जामा रहेको शहरको एक कलेजमा युक्रेनी हमलामा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ।

शनिबार भएको आक्रमणमा अन्य ३८ जना घाइते भएको र ११ जना विद्यार्थीहरू बेपत्ता भएको लुगान्स्क क्षेत्रका गभर्नर लियोनिद पासेचनिकले बताएका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार र शुक्रबार राति सम्म स्टारोबिल्स्कको कलेजको छात्रावासमा ड्रोन प्रहार गरी गरेको आक्रमणको निन्दा गर्दै सेनालाई जवाफी आक्रमणको तयारी गर्न आदेश दिएका छन्।

युक्रेनले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै स्टारोबिल्स्क क्षेत्रमा तैनाथ रूसी ड्रोन युनिटमा आक्रमण गरेको बताएको छ। रूसको विदेश मन्त्रालयले यस घटनाको बदलामा पुक्रेनले कडा सजाय भोग्नुपर्ने बताएको छ।

युक्रेनले देशको रूसी नियन्त्रित क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेर रूसी आक्रमणहरूको प्रतिशोध गरेको बताएको छ। यता रूसी सेनाले आफ्नो पूर्ण आक्रमण सुरु गरेको केही समय पछि सन् २०२२ मा उक्त सहर कब्जा गरेको थियो।