काठमाडाैं । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि झापाबाट हुँदै आएको नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ ।
भारतको यो नीतिगत कडाइका कारण वार्षिक पाँचदेखि ६ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका हुन् । भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ प्रावधान जारी गरेको छ । यसले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झञ्झट थपेको हाे ।
प्रयोगशालाको प्रतिवेदन नआउञ्जेल १० देखि १४ दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रूपमा रोकेर राख्ने पर्याप्त पार्किङ स्थल र पूर्वाधार भन्सारमा समेत नरहेको व्यवसायीहरूले बताएका छन् । नेपाली चियाको मुख्य निर्यात बजार भारत नै हो ।










प्रतिक्रिया दिनुहोस्