Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री गुप्तालाई रिहा गर्न आदेश


0
Shares

काठमाडौँ । सर्वोच्च अदालतले पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णयविरुद्ध गुप्ताले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त आदेश बदर गरेको हो ।

यसअघि विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा नियुक्ति गराइदिने आश्वासन दिएर ५३ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।