काठमाडाैं । राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक म्गलबार बिहानदेखि अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने साेही सडक अवरुद्ध भएकाे हाे । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्क विच्छेद भएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाडी बीचबाटोमा रोकिएकाे जनाएकाे हाे। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्कने यात्रीहरु पनि प्रभावित भएका छन् ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको हाे ।










प्रतिक्रिया दिनुहोस्