काठमाडाैं । पन्त स्मृति प्रतिष्ठानले २५ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
पूर्व राजदूत प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । उक्त समारोहमा साहित्य, संस्कृति तथा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कुन पुरस्कार कसलाई प्रदान गरियो ?
१. बाल नृत्यकलातर्फ ‘सदिच्छा बाल प्रतिभा पुरस्कार’ — सुमना थापा
२. चित्रकलातर्फ ‘सीताश्री स्मृति सम्मान पुरस्कार’ — रसिक राई
३. हास्यव्यङ्ग्यतर्फ ‘गोपालराज पन्त स्मृति सम्मान पुरस्कार’ — मनोज गजुरेल
४. उपन्यासतर्फ ‘रामराज पन्त स्मृति सम्मान पुरस्कार’ — आचार्य कमल रिजाल
५. साहित्यिक पत्रिकातर्फ ‘इन्दिरा बन्धु पन्त स्मृति सम्मान पुरस्कार’ — शशी पन्थी
६. समालोचनातर्फ ‘टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार’ — गोपी मैनाली
७. समाजसेवातर्फ ‘आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार’ — समिक्षा घिमिरे
८. बालसाहित्यतर्फ ‘सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार’ — कार्तिकेय घिमिरे
पन्त स्मृति प्रतिष्ठानले स्वर्गीय पन्तज्यूको स्मृतिलाई सम्मान गर्दै प्रत्येक वर्ष यस प्रकारको वार्षिकोत्सब तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्