Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


अवरूद्ध भएकाे नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


0
Shares

काठमाडाैं । सुक्खा पहिरो खसेर अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि शुक्रबार बिहानदेखि सडक सञ्चालन भएको जनाएकाे हो । इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

विगतमा पनि साेही स्थानमा बारम्बार सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएकाे थियाे ।